दादुरा रुबेला खोप अभियमा सम्बन्धि अभिमुखिकरण गोष्ठि
केशव बेल्बासे चन्द्रौटा
फागुन १२ गते ।
दादुरा रुबेला खोप अभियमा सम्बन्धि शिवराज नगर स्तरीय अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । शिवराज नगरपालिकाको आयोजनामा आज शिवराज नगरपालिका वडा नं ५ मा सम्पन्न भएको हो । कार्यक्रमलाई सहजिकरण गर्दै प्रशिक्षक तथा प्रदेश नं ५ प्रदेश निर्देशनालय खोप अधिकृत चिन्तामणि ज्ञवालीले समृद नेपाल सुखिनेपालीको नारा सकार तुल्याउन पहिला पुर्ण खोप हुनुपर्ने बताउनुभयो ।
दादुरा रुबेला खोप अभियमा सफल बनाउन सबैको साथ र सहयोग आवस्यक हुने बताउदै अहिले सञ्चालन भइरहेको यो अभियान पाचैँ र अन्तिम भएकाले सबै बालबालीकालाई खोपको पहुचमा ल्याएर पुर्ण खोपमुक्त देश घोषणा गर्ने बताउनु भएको थियो । विगतका बर्षमा खोपको दर ७२ प्रतिशत भएको र अहिले यस दरलाई ९५ प्रतिशत पुर्याउने लक्ष्य भएकाले सम्पुर्ण ५ बर्ष मुनिका बालबालीका सबैलाइ खोपको पहुचमा ल्याउन सबैले आ आपनो क्षेत्रबाट सहयोग गरेमा मात्र सफल हुने बताउनुभयो ।
सरकारले दादुरा रुबेला खोप अभियनका लागी ६६ अर्ब लगानी गरेको पनि बताउनुएको थियो । साथै ज्ञवालीले कार्यक्रमको सहजिकरण मार्पmत दादुरा रुबेला खोप लगाउनाले बाल तथा मातृ मुत्यु दरमा कमि हुने, औसत आयुमा वुद्धि हुने बताउनुभयो । खोपबाट एउटा बच्चा पनि नछुट्ने गर्री काम गर्न अनुरोध गर्नुभयो ।
त्यस्तै कायक्रममा शिवराज नगरपालीका स्वास्थ साखा प्रमुख चुरामणि भट्टराइले शिवराज नगरपालीका भित्र ५ बर्षमुनिका जम्मा बालबालीका १२ हजार ६ सय २५ रहेको र सम्पुर्ण नगरभित्रका बालबालीकाको लागि १०१ खोप केन्द्र तोकिएको बताउनुभयो । दादुरा रुबेला खोप अभियमा यहि फगुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने भएकाले कोहि पनि बालबालीका छुट्न नहुने बताउनुभएको थियो । आभियानको लागि काम जारी रहेको खोपका सामग्रिहरु ल्याउनेकाम भइरहेको र स्ंवमसेवकहरुलाई तालीम सुरु भइसकेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष शिवराज नगरपालीकाका प्रमुख नेत्रराज अधिकारीले यस अभियानको लागी सरकारले ठुलो लगानी गरेको हुदा सम्पुर्णले सहि र सत्य सुचना प्रवाह गरेर योअभियान सफल पार्नुपर्ने बताउनुभयो । यो अभियान अभियान मात्र नभएर एउटा दादुरा रुवेला अन्त्य गर्ने मौका भएको बताउनुभयो । साथै यो अभियान सफल बनाउन नगरपालिकाले पनि साथ र सहयोग प्रदान गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शिवराज नगरपालिकाका शिक्षा साखा प्रमुख लोकराल पन्थि,सन्जिवनी अस्पतालका प्रमुख टोपलाल पोख्रेल, शिवराज नगरपालीकाका कानुनि सल्लाहकार सरद अधिकारी,वडा प्रहरी कार्यालयका प्रमुख, ससत्र प्रहरी बलका प्रमुख, शिवराज नगरपालिका भित्रका विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि विभिन्न सघं सस्थाका प्रमुख लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा इलाका प्रसासन कार्यलय चन्द्रौटाका प्रमुख सकंर विष्ट, शिवराज नगरपालिका प्रमुख प्रसासकिय अधिकृत शेसकान्त पौडेलको विशिष्ट आथित्यथा, शिवराज नगरपालिकाका उप प्रमुख शिवकुमारी थारुको प्रमुख आथित्यथा शिवराज नगरपालीकाका प्रमुख नेत्रराज अधिकारीको अध्यक्षतामा सम्पन्न बार्यक्रमको सहजिकरण प्रदेश नं ५ प्रदेश निर्देशनालय खोप अधिकृत चिन्तामणि ज्ञवालीले गर्नुभएको भएको थियो ।

