महाराजगंजको छैठौं नगर सभा सकियो ,शिक्षा ऐन पारित ..

सेयर गर्नुहोस

सनिउल्ला धोबी, कपिलवस्तु फागुन ६ ।,

महाराजगंज नगरपालिकाको छैठौं नगर सम्पन्न भएको छ . कृषि उद्योग रोजगार
र पुर्वाधार, सुशासन र विकास महाराजंगजको आधार भन्ने म’ल नारा सहित छैठौ
नगर सभा सम्पन्न भएको छ .

महाराजगंज नगरपालिकाको छैठौं नगर सभाले शिक्षा ऐन पारित गरेको छ ।
साथै उक्त नगरसभाले आर्थिक ऐन र विनियोजन विद्येयश संशोधन गरेको छ ।
नगरपालिकाले नगरको समृद्धीको लागि विशेष योजनाका साथ काम गरिरहेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

नगर सभामा नगर नगर सभाअध्यक्ष तथा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल
कलामले नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । उहाँका अनुसार सडक,
शिक्षा स्वास्थ, खानेपानी, सिचाइ कुलो, कृषि, पर्यटनलाई प्राथमिकताका साथ नगरपालिका आगाडी बढेको छ ।

महाराजगंज नगरपालिकाको चालु आ व को प्रगती विवरण प्रमुख प्रशासकीय
अधिकृत वेद प्रसाद खरेलले प्रस्तुत गर्नुभएको थियो ।

स्थानीय सरकारका काम प्रभावकारी वनाउन सवै जनप्रतीनिधी जोडिएकाले पारदर्शी भएर काम गर्नु पर्ने खरेलले वताउनुभयो ।

Facebook Comments Box