डा. सि के राउत कपिलबस्तु आउदै
कपिलवस्तु ।
जनमत पार्टी नेपालका संयोजक राउत कपिलबस्तुको तौलिहवामा माघ १५ गते बुधवार आमसभालाई सम्बोधन गर्न आउने भएकाा छन।
आमसभाको सम्पुर्ण तयारी पुरा भएको सो पार्टीका कपिलवस्तु जिल्ला सदस्य अजीत सिंह चौहानले जानकारी दिएका छन। उनका अनुसार तौलिहवाको बुद्घ पदम मा.बि.को प्रांगणमा दिउसो १२ बजे सभा सुरु हुने भएको छ। सभामा ठूलो संख्यामा जनता उतार्न ब्यापक प्रचार प्रसार गरिएको छ ।
आज भोलि डा. राउत संगठन निर्माणमा सक्रिय भएका छन् । उनी मधेसको विभिन्न जिल्लामा आमसभा गरिदै आइरहेको छ।
डा. राउत नेतृत्वको जनमत पार्टीले सरकारसंग ११ बुंदे सम्झौतापछि मुलधारको राजनीतिक सुरू गरेका छन् । उनले पछिल्लो समय मधेसबादी दलका नेताहरुको कडा आलोचना गर्छन् ।
मधेसी नेताहरु व्यक्तिगत स्वार्थमा लागेकै कारण मधेसको मुद्दा सम्बोधन नभएको डा. राउत बताउदै आएका छन् । हाल उनको सभामा मधेसी जनता उर्लिने गर्दछन् ।
डा. राउत अहिले पनि जनमत संग्रहको माग गरिरहेका छन् । उनले जनता राज ल्याउन र भ्रष्टाचार अन्त्य गर्न आमसभा गरिरहेको बताउंछन् ।।

