नेपालले आज कजाकस्तानसँग खेल्दै

सेयर गर्नुहोस

काठमाडौं : एनएससी काभा महिला भलिबल च्यालेञ्ज कपको सेममिफाइनल खेल आज हुँदैछन्।

पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तान भिड्नेछन् भने दोस्रोमा घरेलु टोली नेपालले कजाकस्तानसँग खेल्दैछ। भारत र उज्वेकिस्ताबिचको पहिलो सेमिफाइनल दिउँसो साढे २ बजे तथा नेपाल र काजकिस्तानबिचको दोश्रो सेमिफाइनल खेल साँझ पाँच बजे शुरु हुनेछ।

समूहका सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको नेपाल भारतसँग पराजित हुन पुग्यो।

२०७८ सालपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको महिला भलिबल टिमले समूहका सुरुवाती दुई खेलमा जित हात पार्यो। किर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको नेपाललाई समूह विजेता बन्न भने भारत तगारो बन्यो। भारतले ३१ सेटमा नेपाली टिमलाई पराजित गर्दै घरेलु समर्थकलाई निराश बनायो।

नेपालले सेमिफाइनलमा समूह ए को विजेता कजाकस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो। सहभागी ८ टिममध्येकै बलियो मानिएको कजाकस्तानले समूह चरणमा शत प्रतिशत नतिजा निकालेको थियो।

Facebook Comments Box