माहुरी हाेमकाे अायाेजनामा बालबालिकाहरुकाे भ्रमण सम्पन्न

सेयर गर्नुहोस


२०७६ माघ ६ गते
कपिलवस्तु । जिल्ला बालक्लवका बालवालिकाहरु द्धारा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष, महिला तथा बालवालिका सेवा केन्द्र, कन्टोल रुम, मुद्दा फाँट का साथै कपिलवस्तु नगरपालिकाको न्यायिक समिति लगायतका शाखाहरुको अवलोकनका साथै त्यहाँवाट प्रदान गरिने सेवाहरुवारे अवलोकन भ्रमणका साथै अन्र्तक्रिया कार्यक्रम शुद्धोधन गाँउपालिकाका श्री नेपाल राष्टिय मा.वि. मुडफुटवा, श्री माध्यमिक विद्यालय नन्दनगर, कृष्णनगर नगरपालिकाको श्री महेन्द्र मा.वि.कृष्णनगर, श्रीराम गोरखा मा.वि. बहादुरगंज, कपिलवस्तु नगरपालिकाको श्री बुुद्ध पद्यम मा.वि. र श्री रत्नराज्य मा.वि. तौलिहवाको बालक्लवहरुको (६० जना वालवालिका) अध्ययन अवलोकन कार्यक्रम सम्पन्न गरिएको । जसमा कपिलवस्तु नगरपालिकाको न्यायिक समिति संयोजक श्री लक्ष्मी गुप्ताले न्यायिक समितिवाट प्रदान गरिने सेवा, न्यायिक समितिको क्षेत्राधिकार वारे जानकारी गराउनु भएको थियो भने जिल्ला प्रहरी कार्यालयको कन्टोल रुमवाट प्रदान गरिने सेवा सुविधा वारे प्र.ना.नि. हरिद्धार धोवी ज्युले जानकारी प्रदान गरिनु भएको थियो । सोही कार्यालयवाट मुद्दा शाखा तथा हिरासत कक्ष वारे प्र.निरिक्षक सन्तोष खनाल, महिला तथा बालवालिका सेवा केन्द्रवाट प्रहरी हवलदार पार्वती गुप्ता ज्यूले जानकारीका साथै वालवालिकाको जिज्ञासा मेटाउनु भएको थियो । कार्यक्रमको म्ँक्ष्म् को आर्थिक सहयोग, ख्क्इ नेपाल तथा ईन्टरनेशनल एलर्ट को प्राविधिक सहयोग र मधेश मानव अधिकार गृह (माहुरी होम) संयुक्त साझेदारीमा संचालित सहज परियोजना अन्र्तगत कार्यक्रम संचालन गरिएको थियो । जुन कार्यक्रमको संचालन माहुरी होमको सामाजिक परिचालक लक्ष्मी चौरसिया, कार्यक्रमको उद्देश्य ख्क्इ नेपालका प्रदेश ५ का न्द्यख् स्पेष्लिष्ट ऋषिराम भटटराई र कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकार रिखिराम निगमले गर्नुभएको थियो । जसको जानकारी समेत रिखिराम निगमले गराउनु भएको थियो ।

Facebook Comments Box