सत्ता पक्षको निर्देशनमा प्रहरीले अनुसन्धानमा कमजोरी गर्‍यो : शंकर पोखरेल

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्ररकणमा प्रहरीले अनुसन्धान प्रतिवेदन निर्माणमा कमजोरी गरेको बताएका छन्।

पोखरेलले सत्ता पक्षको निर्देशन अनुरुप प्रतिवेदन हल्लाफुल्का रूपमा तयार गरी पीडितसँगको सम्वादका क्रममा अभियुक्तहरुले नै नाम लिएका अडियो–भिडियो सामाजिक संजालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रकृयामा नल्याउनु प्रहरीको कमजोरी भएको बताएका हुन्।

‘पीडित भनिएकाहरुले सार्वजनिक गरेका र पीडितसंगको सम्वादका क्रममा अभियुक्तहरुले नै नाम लिएका अडियो’भिडियो सामाजिक संजालमा छताछुल्लहुदा पनि सम्वन्धित व्यक्तिलाई छानविनको प्रकृयामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरुपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रुपमा तयारगरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखि नै गरिएको आशंकालाई पुष्टि गरेको छ,’ महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यति सम्वेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरेपनि कम हुन्छ।’

Facebook Comments Box