मिश्र काण्डका अाराेपि ड्राइभर शशिकान्त अाफै हाजिर

सेयर गर्नुहोस


कपिलवस्तु , पुस २४ । सांसद अभिषेक प्रताप शाहका ड्राइभर अाज प्रहरी समक्ष अफ्ना निवेदनसाथ हाजिर भएका छन ।
यही पुस ५ गते शनिबारका दिन कपिलवस्तु क्षेत्र ३ का कांग्रेसी सांसद अभिषेक प्रताप शाहकाे घरमा श्याम कुमार मिश्रमाथि भएकाे कुटपिट घटनाका अाराेपी शशिकान्त कहांर अाज अाफै हाजिरी निवेदन साथ इलाका प्रहरी कार्यालय कृष्णनगरमा पुगेका छन । घटनापछि अाैषधि गराउन भारत गएका शाशिकान्तले अाफुमाथि मुद्दा लगाईएकाे कुरा थाहै नभएकाेले प्रहरी समक्ष हाजिर नभएकाे निवेदनमा उल्लेख गरेका छन । उक्त घटनामा श्याम कुमार मिश्रले पनि मेराे छात्तीमा खुट्टाले हिर्काएकाले दुखाइ हुनसाथ भारत गई उपचार गराउदै अाएकाे प्रहरीलाई जानकारी गराए साथै अाफै हाजिर भएकै कारण म निर्दाेष रहेकाे बताएका छन । यसघटनाकाे सत्यतथ्य छानबिन र अनुसन्धान प्रक्रिया अगाडि बढीसकेकाेले दाेषी जाे काेई भएपनि कार्यवाही हुने ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पाैडेलका भनाई छ ।

Facebook Comments Box