शुध्दोधन गाँउपालिका मा आधारभूत पत्रकारिता तालिम सम्पन्न”

सेयर गर्नुहोस


धीरज काेरी
कपिलवस्तु,६ पुष ।
कपिलवस्तु जिल्लाको शुध्दोधन गाँउपालिका-६ गौराम मा २ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
वडा नम्बर ६ का अध्यक्ष बिजय यादवले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो र समाजको गतिबिधी र खोज पत्रकारिता गर्न आग्रह गरेका छन् ।
पत्रकारिता क्षेत्रको विकासका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि गरेका छन्।
संस्था का अध्यक्ष मोहम्मद इरफान मन्सुरीले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिएका छन्।
पुस ४ गते देखि ५ गतेसम्म सञ्चालन भएको तालिममा हाम्रो जिल्लाको अग्रज पत्रकारहरुले तालिमको सहजीकरणमा सहयोग गरे थिए । उक्त तालिमका प्रशिक्षकमा किरणमान बज्राचार्य ,मनोज श्रीवास्तव र राघबेन्द्र चौबेले प्रशिक्षण दिनु भएको थियो ।
सो कार्यक्रमा मधेशी पत्रकार समाजको जिल्ला सदस्य राघबेन्द्र चौबे,डायानमिक सामजिक बिकास संस्था का अध्यक्ष मोहम्मद इरफान मन्सुरी,वडाध्यक्ष बिजय यादवको प्रमुख आतिथ्यता, संस्थाको सदस्य बिक्रम विश्वकर्माको सञ्चालन रहेको थियो ।
२ दिने पत्रकारिता तालिममा वडा भित्रका २८ जना युवा, युवातीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box