माओवादी केन्द्रको सचेतकमा रूपा सोशी चौधरी
काठमाडौं : नेकपा माओवादी केन्द्रको सचेतकमा सांसद रूपा सोशी चौधरी चयन भएकी छिन्। सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए।
कैलालीबाट प्रतिनिधित्व गर्ने चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन्। माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ।
बैठकले संसदमा सशक्त ढंगबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए।
Facebook Comments Box
