भारत र मलेसियाबीच अब डलरमा कारोबार नहुने, भारुमै हुनेछ व्यापार

सेयर गर्नुहोस

एजेन्सी ।
भारत र मलेसियाबीच अब अमेरिकी डलरमा नभएर भारतीय मुद्रामै कारोबार हुने भएको छ ।

‘द हिन्दु’ का अनुसार भारतीय विदेश मन्त्रालयले भारतीय रुपियाँमै मलेसिया र भारतबीच व्यापार तथा कारोबार हुने जानकारी दिएको हो ।

मेलेसियाले भारुमै कारबार गर्न सहमति जनाइसकेको छ । विश्व अर्थतन्त्रमा हुने हलचलले भारत र मलेसियालाई असर नगरोस भनेर यस्तो सहमति गर्नुपरेको भारत सरकारको भनाइ छ ।

पछिल्लो समय कोरोना महामारी तथा रुस युक्रेन युद्धका कारण विश्वभरको अर्थतन्त्रमा असर पुगेको छ । यस्ता असरहरूबाट जोगिन भारत र मलेसियाले नयाँ व्यापारिक उपाय अपनाएको हो ।फाइल तस्बिर

Facebook Comments Box