सर्वेन्द्र खनालले दर्ता गराए उम्मेदवारी

सेयर गर्नुहोस

काठमाडौं : तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन्।

नेपाल प्रहरीका पूर्वप्रमुख खनाल पाँच महिनाको अवधिमा दोस्रोपटक संघीय चुनाव लड्न लागेका हुन्।

यसअघि गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खनाल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट पराजित भएका थिए।

तनहुँमा कांग्रेसबाट गाोबिन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा.स्वर्णिम वाग्ले उम्मेदवार छन्।

Facebook Comments Box