मुम्बईलाई पराजित गर्दै बैङलोरको विजयी सुरुवात

सेयर गर्नुहोस

एजेन्सी  : इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्सस बैङलोरले विजयी सुरुवात गरेको छ।

गएराति भएको खेलमा बैङलोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको हो।

चिन्नास्वामी स्टेडियममा घरेलु टोली बैङलोरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनायो। मुम्बईका लागि तिलक बर्माले ४६ बलमा अविजित ८४ रन बनाए।

जवाफी ब्याटिङ गरेको बैङलोरले २२ बल अगावै दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। विराट कोहली र कप्तान फाप डु प्लेसिसले एक सय ४८ रनको ओपनिङ साझेदारी गरेका थिए।

डु प्लेसिस ४३ बलमा ७३ रन बनाउदै आउट भए। कोहली ८२ रनमा अविजित रहे। ४९ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। ग्लेन म्याक्सवेल १२ रन बनाँउदै अन्तिम समयसम्म क्रिजमा रहे।

Facebook Comments Box