‘मौसमी रुघाखोकीमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्नुस्’

सेयर गर्नुहोस

काठमाडौं : सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रूपमा एन्टिबायोटिक प्रयोग नगर्न सुझाव दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना निकालेर मौसमी रुघाखोकीमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो।

मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न र अरुलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयले आग्रह गरेको छ।

त्यस्तै, घरमा कसैलाई फ्लु लागे वा रुघाखोकी लागे सबैले मास्क लगाउन, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोप्न, वेलावेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा मुख नछुन भनेको छ।

‘तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाऔँ। प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खाऔँ’, मन्त्रालयले भनेको छ। गाह्रो भए स्वास्थ्यकर्मीसँग परामर्श लिन र सम्भव भएसम्म फ्लु विरुद्धको खोप लगाउन मन्त्रालयले सुझाव दिएको छ।

Facebook Comments Box