नेपाल मुस्लिम इत्तेहाद विजयनगर गाउँ कमिटीको अध्यक्षमा अब्दुल कलाम चयन
विजयनगर । नेपाल नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद विजयनगर गाउँ कमिटीको अध्यक्षमा अब्दुल कलाम मुसलमान चयन भएका छन् । आइतबार विजयनगर गाउँपालिकामा भएको भेलाले २५ सदस्यसहित मुस्लिम इत्तेहाद गाउँ कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षमा इनुस मोहम्मद, सचिवमा असगर अलि भाँट, सह–सचिवहरुमा नूर आलम शाह, मकसुद अलि र कोषाध्यक्षमा फैजानुर रहमान लगायत २५ सदस्य मुस्लिम इत्तेहाद गाउँ कमिटिमा सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य साजिदा सिद्धिकीले विकास र परिवर्तनका लागि संगठन आवश्यक रहेको बताइन् । उनले जनताका समस्या समाधान गर्न सबैले संगठित भएर अगाडी बढ्नुपर्नेमा जोड दिइन् । सबैले एकताबद्ध भएर कमिटीलाई मजबुत बनाउँदै अगाडी बढे हरेक काम गर्न सजिलो हुने सिद्धिकीलले बताइन् । नेकपा एमालकोे मुस्लिम इत्तेहाद भातृ संगठन बलियो संगठ भएको उनले जिकिर गरिन् ।
कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद केन्द्रीय सचिवालय सदस्य मैराज खान, नेपाल मुस्लिम इत्तेहाद जिल्ला सचिव अनवर मोहम्मद मुसलमान लगायतले सम्बोधन गरेका थिए ।
