सवारी दुर्घटनामा विजयनगरका कुँवरकाे मृत्यु

सेयर गर्नुहोस
विजयनगर । शनिबार राति जिल्लाकाे बुद्धभूमिका नगरपालिका ९ मा राेकी राखेकाे ग १ ख ३८३५ नम्बरको ट्रकमा रा ३ प ७६७० नम्बरको माेटरसाइकल ठाेकिदा उक्त दुर्घटना भएको हाे ।
दुर्घटनामा माेटरसाइकलमा सवार कपिलवस्तुकाे विजयनगर गाउँपालिका ४ निवासी २९ वर्षिय बाबुराम कुँवरकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनकाे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्युु भएको हाे ।
दुर्घटनामा घाइते भएका माेटरसाइकलमा सवार अन्य दुई जनालाई उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।
Facebook Comments Box