कर्णेश्वरी मन्दिरमा भव्य दिप प्रज्वलन हुने
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको कर्णेश्वरी मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । सयौँ बर्ष पुरानो मन्दिरको रुपमा रहेको कर्णेश्वरी मन्दिरमा चैत्र राम नवमी लागेसंगै भक्तजनको चहलपहल बढेको कर्णेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजय जयसवालले बताउनुभयो ।
प्राचिन मन्दिरको रुपमा रहेको कर्णेश्वरीमा यस क्षेत्रका साधुसन्त तथा भक्तजनको सहभागीतामा भजन किर्तन र भण्डारा कार्यक्रम आयोजना गरिएको कर्णेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजय जयसवालले जानकारी दिनुभयो । चैत्र राम नवमीको आज अष्टमी साझँदेखी दिप प्रज्वलजन, रात्री जगारण हुनेछ । त्यस्र्तै भोलीसम्म भजन किर्तन कार्यक्रम हुने र दिउसो हवन सगै भण्डारा हुनेछ ।
कर्णश्वरी मन्दिरमा भक्तजनहरुले आफुले भाकल गरेको पुराभएपछी भक्तजनको घुइचो लगेको समाजसेवी जयसवालले जानकारी दिनुभयो । रातभर भजन किर्तनका साथै साधु सन्तहरुलाई भण्डारा समेत आयोजना गरिएको छ ।
जिल्लाकै पुरानो मन्दिरको रुपमा स्थापित कर्णेश्वरी मन्दिरमा भक्तीभाव सहित विहान, बेलुका आरती हुने गर्दछ । दशैको अवसरमा विशेष चहलपहल बढेकाले त्यहाको व्यवस्थापन राम्रो गरेको स्थानियले बताएका छन । त्यस्तै कर्णेश्वरी मन्दिरमा भोली विहान हवन पुजा र आरतीको विशेष प्रबन्ध मिलाइएको अध्यक्ष विजय जयसवालले बताउनुभयो ।
चैत राम नवमीको अवसरमा बृहत भजन किर्तन तथा भन्डारा कार्यक्रममा सवै भक्तजनहरुलाई सहभागी भई प्रसाद ग्रहण गरी दिनका लागि कर्णेश्वरी मन्दिर व्यवस्थापन समितिले अनुरोध समेत गरेको छ ।
भण्डारा कार्यक्रममा समाजसेवी टोपलाल पोख्रेल, अमित गोयल, बलराम वर्मा, शम्भु सेन, चन्डी तिवारी, मन्दिरका पुजारी राम नारायण मिश्राले विशेष व्यवस्थापन गरिहेको छन । चन्द्रौटाकै दुर्गा मन्दिरमा समेत साझ भक्ती भजन हुने गरेको छ ।
दुर्गा मन्दिर हरेक दिन साझ स्थानियहरु भजन किर्तन गर्ने गरेको स्थानिय दिपक गैरेले बताउनुभयो । दशै पर्वलाई विशेष बनाउनका लागि सबैले हालेमालो गरी मन्दिरको हेरचाह र सरसफाईमा ध्यान दिएको समजसेवी गैरेले बताउनुभयो ।
