भैरहवा एयरपाेर्ट :‘इण्डिकेसन’ समस्यापछि बुद्धको जहाज धावनमार्गबाटै फिर्ता

सेयर गर्नुहोस

लुम्बिनी । ‘इण्डिकेसन’मा समस्या देखिएपछि भैरहवा उड्न धावनमार्गमा केही बेर दौडिसकेको बुद्ध एयरको एटीआर जहाजले टेकअफ रद्द गरेको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार पौने ३ बजे उडान तालिका रहेको जहाज धावनमार्गमा केही बेर दौडिसकेको थियो । तर, अचानक इण्डिकेसन समस्या देखिएपछि जहाजले टेकअफ नै रद्द गरेको थियो । यसलाई ‘एबन्डेन टेक अफ’ भनिन्छ ।

जहाजलाई अब नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टीमले जाँच गर्नेछ । त्यसपछि मात्र उडानको अनुमति पाउने छ ।

Facebook Comments Box