सतभराकी समय माता मन्दिरमा विशाल भण्डारा

सेयर गर्नुहोस

कपिलवस्तु ।

कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ। चैत्र १७ गते शुक्रवार दशमीका दिन भण्डारा तथा प्रसाद वितरण सबै श्रद्धालु लाई चूलो निम्तो रहेको आयोजक समितीले जनाएको छ।समयमातापुरम सतभरामा दुर्गा मन्दिर हनुमान मन्दिर भैरव मन्दिर शनि मन्दिर तथा देवी सागर कुण्ड, धर्मशाला, सभाहाल समेत रहेको छ।

समय माता मन्दिरको स्थापना ऐतिहासिक मन्दिर मान्निछ त्यो समयमा सानो आकारमा मन्दिर रहेको र स्थानीय बासिन्दाहरु पुजापाठ गर्न आउने गर्दथे।विस्तारै मन्दिरमा श्राद्धालुहरुको भिड़ हुन थाले पछि माधव बेल्वासे र पृतदेव उच्चडिह निवासीले भौतिक संरचना बनाउन केही हद सम्म पहल गरेका थिए।

श्राद्धलुहरुको भिड़ भाड़ रहने उक्त मन्दिरमा आस्थाको केन्द्र स्थानियले मान्दै आएका र केही दिन पहिला समय माता मन्दिर क्षेत्रका स्थानिए बासिन्दा पूर्व मंत्री ईश्वर दयाल मिश्रा (विरेन्द्र मिश्रा) लाई मन्दिर विस्तार गर्न सपना आएको कुरा उहाले आफै भन्नुभयो र स्थानिए अनुसार मिश्र मंत्री हुदा समेत सो स्थानकों प्रचार प्रसार लगायत त्यस स्थानमा मन्दिर निर्माण देखि लिएर हाल सम्म समेत विस्तार गर्दै आएका र उक्त मन्दिरको नाममा १ बिग्घा जग्गा समेत दिलाउन सफल भएको कुरा स्थानिएले बताउदै छन।

समय माता मन्दिर क्षेत्रमा रहेका देवी सागर कुण्ड लाई व्यवस्थित गरेर आसपास मा रहेको जग्गा जमिन सिंचित गर्ने विचार रहेको पूर्व मंत्री मिश्राले बताउनु भयो। मन्दिर छोटों समयमा भव्य मन्दिरमा विस्तार भएको र पुजापाठ गर्नेको भिडभाड बढदै र आस्थाको केन्द्रको रुपमा विकसित हुदै गएको उक्त क्षेत्रका जनता खुशी व्यक्त गरेका छन।
स्थानीय प्रेम शंकर दूबेले एक कट्ठा जग्गा आफ्नो बुवाको सम्झनामा दान दिने स्थानीय बताएका छन् साथै सो स्थानमा बैशाख देखि संस्कृत शिक्षा संचालन हुने स्थानीयले बताएका छन् ।

महायज्ञमा सबै समावेश हुन तथा यही चैत्र १७ गते शुक्रवार दशमीका दिन भण्डारामा प्रसाद ग्रहण गर्न आउनु हुन सम्पूर्ण श्रद्धालु हरूमा आयोजक समिती तथा वडाध्यक्ष राम रुप बढई ले आग्रह गरेको छ।

Facebook Comments Box