विजयनगरले बुझायो पुर्व प्रधानमन्त्री ओलीलाई विकास योजनाको ज्ञापन–पत्र

सेयर गर्नुहोस

विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओेलीलाई ज्ञापन–पत्र बुझाउनुभएको छ । विजयजगर गाउँपालिकाको समग्र विकास योजनाका लागि पहल गर्न शनिबार ज्ञापन–पत्र बुझाउनुभएको हो ।

कपिलवस्तु जिल्लाको भ्रमणको क्रममा शनिबार चन्द्रौटा आउनु भएका एमाले अध्यक्ष केपी शर्मा ओेलीलाई विजयनगर गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष लगायत जनप्रतिनिधिको टोलीले योजनाहरुको बजेट तथा कार्यक्रममा समावेश गर्न पहल गर्न भन्दै ज्ञापन–पत्र बुझाएको हो । संघीय सरकारबाट कार्यान्वयन हुने गरि बजेट तथा कार्यक्रमहरुको पहलका लागि नेकपा एमाले अध्यक्ष ओली समक्ष ज्ञापन–पत्र पेश गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।

शिवराज नगरपालिका वडा नम्बर २ हल्लानगर, विजयनगर वडा नम्बर ४ त्रिपालनगर जगदीशपुर, विजयनगर वडा नम्बर ३ पत्थरदेईया, मयनारी हँुदै कृष्णनगर नगरपालिका नम्बर ११ झिंगहा जोड्ने करिब २ कि मी सडक कालोपात्रे, शिवराज नगरपालिका वडा नम्बर ५ पुर्व पश्चिम राजमर्ग देखि विजयनगर वडा नम्बर ४, ६, १ थरौली जोड्ने चिरई खोलामा पक्की पुल निर्माणको लागि योजना पेश गरिएको छ ।

यस्तै विजयनगर गाउँपालिका वडा नम्बर ४ स्थित करिब ४२ हेक्टर क्षेत्रफल र १ हजार हेक्टर सिँचाइ क्षेत्र भएको बहुउद्धेय शंकरपुर ताल संरक्षण तथा सिँचाई आयोजना र विजयनगर गाउँपालिका वडा नम्बर ४ मा क्षेत्रीय स्तरको शंकरपुर खेलमैदान तथा अन्य खेल पुर्वधार निर्माण लगायतको योजना ज्ञापन–पत्रमार्फात माग गरिएको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments Box