गर्ग गोत्री आचार्य समाजले ८० वर्ष पुगेका सदस्यलाई सम्मान गर्ने  

सेयर गर्नुहोस

विजयनगर । गर्ग गोत्री आचार्य समाजको केन्द्र स्तरीय १६ औँ साधारणसभामा कपिलवस्तुबाट व्यापक रुपमा उपस्थिति हुने निर्णय गरेको छ । शुक्रबार कपिलवस्तुमा बसेको बैठकले आचार्य समाजको केन्द्रिय कार्यालय देवघाट तनहुँमा चैत्र २५ गते हुने साधारणसभामा सहभागी हुने जनाएको छ ।

 

गर्ग गोत्री आचार्य समाज कपिलवस्तुका अध्यक्ष कृष्ण प्रसाद आचार्यले गर्ग गोत्री आचार्य समाजले गर्ग गोत्री आचार्य वंशका ८० वर्ष पुगेका सदस्यलाई सम्मान गरिने बताउनुभयो । यस्तै उहाँले उच्च ओहोदामा रहेका विशिष्ट व्यक्ति तथा राष्ट्र सेवक कर्मचारी लगायत स्थानीय तहमा मनोनित भई सेवा गर्दै आएका जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिने आचार्यले बनाउनुभयो ।

 

आचार्य समाजले आजिवन सदस्यतासमेत वितरण गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । उहाँले आचार्य समाजको साधारणसभामा जान इच्छुकबन्धुहरुले ९८५७०५०९७६ मा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।

Facebook Comments Box