पैसा लिएर तिब्बतीलाई नेपाली नागरिकता

सेयर गर्नुहोस

काठमाडौं । तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ परेको छ। प्रतिव्यक्ति ३ देखि ५ लाख लिएर नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, काठमाडौं बबरमहलका न्युल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई आइतबार बबरमहलबाट प्रक्राउ गरेको हो। अपराध महाशाखाका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरूको समूहले प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँ लिएर तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाउने कार्यमा संग्लन थिए।

‘अहिलेसम्म यो टोलीले १० जना तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिएको खबर पाएका छौं। उनीहरूले नेपाली व्यक्तिलाई १० हजार रुपैयाँ दिएर नक्कली बाबुआमा बन्न प्रलोभन दिएर नागरिकता बनाउने गरेको खुलेको छ।

Facebook Comments Box