इन्द्रेणी सामुदायिक बन उपभोक्ता समुहको १० औँ साधारण सभा सम्पन्न
राम प्रघट कोरी
कार्तिक ३० गते –विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकाको इन्द्रेणी सामुदायिक बन उपभोक्ता समुहको १० औँ साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त समुहले कुल आय–व्याय १३ लाख ३२ हजार २ सय ३७ रुपियाँको प्रस्तुत गरिएको थियो ।
आर्थिक वर्ष २०७६÷०७७ का लागि उक्त साधारण सभाबाट कार्यक्रम विशिष्टीकरण एवम् बजेट बाँफाँड समेत गरेको छ । यस समुहले विशेष गरी अग्नी नियन्त्रण, काठ दाउरा सङ्कलन, पत्ल्याउने तथा सुधार कटान, पुनः उत्पादन अभिवृद्धि कार्यक्रम, जनचेतनामुलक कार्यक्रम तथा तालिम, अग्नी नियन्त्रण उपकरण लगायतका कार्य गर्ने योजना निर्माण गरेको छ ।
अग्नी नियन्त्रण उपकरण खरिद, खोलाको किनारमा बास वृक्षरोपण, तारबार, घेरा लगाउन विभिन्न शिर्षकमा बजेट छुट्याइएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा सव डिभिजनका बन अधिकृत सञ्जय कुमार मिश्रले उपभोक्ता समुहले चोरी निकासी कार्यलाई नियन्त्रण, बन संरक्षण गर्नु को साथै जोगाउनमा अथक प्रयास गरेको भन्दै प्रशंसा गर्नु भएको थियो । यसरी सह्रनीय कार्य गर्ने भएको हुनाले सम्पूर्ण उपभोक्ता समुहका सदस्यहरुलाई धन्यवाद समेत दिनु भएको थियो ।
बन व्यवस्थापन, सामाजिक विकास एवम् निमार्ण, गरिव विपन्न तथा अपाङ्ग कार्यक्रम, प्रशासन व्यवस्थापन लगायत १३ लाख ७६ हजार बराबरको आगामी दिनमा विभिन्न कार्यक्रम गर्ने कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बनवारी चौधरीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संस्था, ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो भने नेपाल राइज युवा क्लबको थारु साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रम सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बनवारी चौधरीको अध्यक्षता, सव डिभिजन बन अधिकृत सञ्जय कुमार मिश्रको प्रमुख अतिथ्यता, रेञ्जर हेमराज पण्डित, दीपकाष्ठ उद्योगको सञ्चालक भिम बहादुर खत्री, रेडियो विजयनगरका प्रमुख राम प्रघट कोरी, समाजसेवी राम सहाय चौधरी लगायतले सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

