कृष्णनगरमा रक्तदान कार्यक्रम सम्पन्न
शहबाज खान,कपिलवस्तु,
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.३
लक्ष्मीनगर को अहले सुन्नत फैजे मुस्तफा अतिकीया मदरसामा रक्तदान कार्यक्रम सम्पन्न भएका थिए।
“रक्त दान महा दान नारा को साथ”
रक्तदान कार्यक्रममा ईलाका प्रशासन कार्यलय चन्द्रौटा का प्रमुख जगदीश अर्याल,ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रहरी निरिक्षक प्रताप पौडेल,सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हेक्वा.(रा.तथा भ.सु.ग)कृष्णनगर का सशस्त्र प्रहरी उपरिक्षक सुशील कुमार शाही,कृष्णनगर नगरपालिक का कार्यकरणी अधिकृत दमोदर भण्डारी,युवा व्यापारी इस्लाम खान, नेकपा कृष्णनगर नगरसमिती अध्यक्ष जावेद आलम,युवा समाजसेवी तुफेल अहमद लगायत बिभिन्न संग संस्थाका पदाधिकारी र लक्ष्मीनगरका स्थानीयहरु करीबन ५०( पचास) जना भन्दा बढ़ी रक्तदान मिर्जा अरसद बेग को अध्यक्षतामा गरेका थिए।
रक्तदान कार्यक्रम का आयोजक इम्बार्क इंटरनेशनल कृष्णनगर संस्था र रेडक्रश सोसाइटी कपिलवस्तु नेपालको सहयोग मा भएका थियो।

