गौरीघाट मेला: योग शिविर, ट्राफिक र सर्पदंश उपचार सचेतना कार्यक्रम हुने

सेयर गर्नुहोस

घनश्याम भर, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका लाग्दै आएको गौरीघाट लोक साँस्कृतिक पर्यटन तथा खेलकूद मेलामा योग शिविर, ट्राफिक सचेतना र सर्पदंश उपचार सचेतना कार्यक्रम हुने जनाएको छ । गाउँपालिकाकाे वडा नम्बर १ भगीरामपुरमा मगर एकता दिवसकाे अवसरमा हुँदै आएकाे मेलामा यसपाली जनचेतनामुलक नयाँ कार्यक्रमहरुलाई समावेश गरिएको आयाेजकले जनाएको छ ।

यसले आम नागरिकलाई सचेत गराउन अहम भूमिका निर्वाह गर्ने विश्वास आयाेजकले लिएको छ । ७ औँ गौरीघाट लोक साँस्कृतिक पर्यटन तथा खेलकूद मेलाकाे मूल आयाेज संयोजक दयाराम शर्माले ट्राफिक नियम बारे थाहा नहुँदा, नियमकाे पालना नगर्दा र चालककाे लापरवाहीले हुने सडक दुर्घटना र शर्पले टोक्दा अकालमै हुने मृत्युलाई न्यूनीकरणमा टेवा पुग्ने उद्धेश्यले सचेतनामुलक कार्यक्रमको आयोजना गरिएकाे बताउनुभयो ।

यस्तै योग शिविरले मानिसको शारिरिक र मानसिक तबरले शान्त र अध्यात्मिक उच्च चेतनायुक्त वातावरणको सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने संयोजक शर्माले बताउनुभयो । याेग शिविर गाउँपालिकाकाे सभाहल खडैचामा साेमबार बिहान १० बजे सुरु हुने उहाँले बताउनुभयो । यस्तै ट्राफिक नियम सचेतना र दर्पदंश उपचार सचेतना कार्यक्रम दिउँसाे १२ बजे मेला मञ्चमा हुने संयाेजक शर्माले बताउनुभयो । याेग शिविरमा स्थानीय नागरिकलाई बढी भन्दा बढी सहभागी गराउने उहाँले बताउनुभयो । ट्राफिक नियम र सर्पदंश उपचार सचेतना आम नागरिकलाई सिकाउने मेला संयाेजक दयाराम शर्माले जानकारी दिनुभयो ।

Facebook Comments Box