राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने आठ दलको निर्णय

सेयर गर्नुहोस

काठमाडौं ।
प्रतिनिधिसभामा रहेका आठ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा डेढ घण्टा चलेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

बैठकमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी थिए ।

Facebook Comments Box