राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु

सेयर गर्नुहोस

काठमाण्डाै – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङबेसीमा सुरु भएको छ।

महाधिवेशनले आउँदाे तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा संस्थाको आउँदाे कार्यकालका लागि अध्यक्षमा गायिका रीता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकाङ्क्षी देखिनुभएको छ ।

बयालीस हजारभन्दा धेरै सदस्य भए पनि एक हजारभन्दा बढी प्रतिनिधि कार्यक्रममा सहभागी रहेका प्रतिष्ठानले जनाएको छ । महाधिवेशन भाेलि आइतवार समापन हुनेछ।

Facebook Comments Box