प्रचण्डसँग आशै थिएन, निराश हुनुपर्ने कारण छैन : गोकुल बास्कोटा
काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले वामपन्थी सहकार्य समाप्त भएको टिप्पणी गरेका छन्।
माओवादी केन्द्रले राष्ट्रपति कांग्रेसका उम्मेदवारलाई दिने निर्णय गरेसँगै बास्कोटाले ट्वीटमार्फत प्रचण्डलाई व्यंग्य गर्दै छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भए प्रचण्डले जित्ने टिप्पणी गरेका छन्। उनले उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै तर्क गरेका छन्।
माओवादीसँगको सहकार्यमा उत्साह र आशा दुवै नभएको भन्दै बास्कोटाले एमाले निराश हुनुपर्ने कारण नभएको भन्दै आफ्नै लयमा अमघि बढ्नुपर्ने बताएका छन्।
उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 24, 2023
