दुई वटा विमान ओभरसुट, आकाशमै फन्को मार्दै
काठमाडौं : त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेर दुई वटा अन्तर्राष्ट्रिय विमान ओभरसुट गरेको छ।
दोहाबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरको विमान अवतरण गर्न नसकेको हो। विमान आएकै दिशाबाट हावाको चाप तीब्र भएका कारण विमान अवतरण गर्न नसकेर ओभरसुट गर्नुपरेको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
उनका अनुसार अवतरण हुन नसकेपछि दुवै विमान अहिले आकाशमै फन्को मारिरहेका छन्। हावाको चाप सामान्य भएपछि विमान अवतरण गराइने विमानस्थल कार्यालयले जनाएको छ।
Facebook Comments Box
