सरकारले गहुँको न्यूनतम मूल्य तोक्याे
काठमाडौं : सरकारले गहुँको न्यूनतम मूल्य तोकेको छ। फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार ३५१ रुपैयाँ निर्धारण गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
आर्थिक वर्ष २०७९/८०का लागि गहुँको मूल्य निर्धारणका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो।
साथै सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संसद् सचिवालयमा दर्ता गर्ने निर्णय गरेको छ। फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी ऐन सुधारसहित दर्ता गर्न लागिएको प्रवक्ता शर्माले जानकारी दिइन्।
Facebook Comments Box
