राष्ट्रपतिको विषय हामीले पुस १० मै टुंग्याएर बसेको, अरू घटनाक्रम थाहा छैन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले पुस १० गतेको सहमति कार्यान्वयन हुने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रपतिको विषय पुस १० मा टुंगो लागेकाले आफ्नो पार्टीबाट उम्मेदवारी दर्ता हुने बताए।
‘अरु घटनाक्रम हामीलाई थाहा छैन। एमालेबाट भोलि मनोनयन हुन्छ। राष्ट्रपति एमालेको हुने भन्ने कुरा हामीले पुस १० गते नै टुंगो लगाएर बसेको हो,’ उनले भने।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीबीच मिलेर जाने अनौपचारिक सहमति भइसकेको छ।
उनीहरूबीच एमाले बाहेकको पुरानै गठबन्धन ब्यूँताउने गरी समझदारी बनेको नेताहरूले बताएका छन्।
Facebook Comments Box
