रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्‍ने

सेयर गर्नुहोस

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने भएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले बैठकलाई राष्ट्रपतिको उम्मेदवार बनाउने अनौपचारिक निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पौडेललाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने बताए। उनले आज साँझ ५ बजे बस्ने बैठकले राष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने बताए।

राष्ट्रपति रामचन्द्र पौडेलको नाममा सहमति भएको हो? भन्ने प्रश्नमा उनले भने, ‘पक्कै पनि त्यही हो।’

Facebook Comments Box