विजयनगरमा टिप्परले मोटरसाइकलाई ठक्कर दिँँदा गम्भीर घाइते
विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा टिप्परले मोटरसाइकलाई ठक्कर दिँँदा एक जना गम्भीर घाइत भएका छन् ।
विजयनगर– ५ हुलाकी सडकमा बा ३ क ४२८ नम्बरको टिप्परले लु ५५ प १७३ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा विजयनगर १ नयाँ गाउँ बस्ने मोटरसाइकल चालक १८ वर्षीय नगेन्द्र कुमाल गम्भीर घाइते भएका छन् । त्यस्तै मोटरसाइकल पछाडी सवार २१ वर्र्षीय कमल कुमाल सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक विजय तिमिल्सिनाले जानकारी दिए ।
सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामाबाट थप उपचारको लागि बुटवल रिफर गरिएको छ।
Facebook Comments Box
