हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हेटौंडा : हात्तीको आक्रमणबाट मकवानपुरको बकैया गाउँपालिकामा एकजनाको मृत्यु भएको छ।
बकैया गाउँपालिका–५ पावस निवासी ५० वर्षका सन्तलाल माझीको हात्तीको आक्रमणमा परी बिहीबार मृत्यु भएको हो। भर्खर ब्याएको बाख्राको पाठापाठीलाई दुध खुवाउन गोठ गएको समयमा जंगली हात्तीले उनलाई आक्रण गरेको थियो।
बेहोश अवस्थामा रहेका माझीलाई उपचारका लागी हेटौँडा ल्याइएकोमा हेटौँडा अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
चार दिनयता मकवानपुरमा जंगली हात्तीले वितण्डा मच्याइरहेको छ। यो अवधिमा दुईजनाको ज्यान गएको छ। यसअघि सोमबार मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो।
Facebook Comments Box
