पूर्वप्रधानमन्त्री खनाल बंगलादेशमा
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका छन्।
सार्क हुमेन राइट्स फाउण्डेसनको आयोजनामा शुक्रबारदेखि हुन लागेको ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बंगलादेशमा मानवअधिकारको अवस्था’ सम्मेलनमा सहभागी हुन खनालसहितको प्रतिनिधिमण्डल बिहीबार त्यता प्रस्थान गरेको हो ।
प्रतिनिधिमण्डलमा नेता खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा शंकर खतिवडा र पार्टीका केन्द्रीय सदस्य ताजमहम्मद मियाँ छन्।
खनालले प्रमुख अतिथिका रूपमा सम्मेलनमा सम्बोधन गर्ने छन्। उनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शुक्रबार शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
अन्य उच्चस्तरीय भेटवार्ता पनि तय भएको उनको सचिवालयले जनाएको छ।
Facebook Comments Box
