इन्टकको महाधिवेशनमा भाग लिन श्रमिक नेता राई दिल्ली प्रस्थान

सेयर गर्नुहोस

 

काठमाडौं।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई महासंघ इन्डियन नेसनल ट्रेड युनियन कंग्रेस (इन्टक)को महाधिवेशनमा भाग लिन दिल्ली प्रस्थान गरेका छन्।

भारतीय कंग्रेस आई पार्टीआबद्ध ट्रेड युनियन महासंघको फेब्रुअरी २२ र २३ मा नयाँदिल्लीमा सम्पन्न हुने दुईदिने ३३औँ राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा अतिथिका रूपमा सहभागी हुन उनी मंगलबार दिल्ली प्रस्थान गरेका हुन्।

७६ वर्षअगाडि सन् १९४७ मा स्थापित भारतको सबैभन्दा ठूलो सो ट्रेड युनियन महासंघको सदस्य संख्या करिब तीन करोड ३९ लाख छ।

सो संस्थाको इन्टरनेसनल ट्रेड युनियन कन्फेडेरसनसँग पनि आबद्धता रहिआएको छ। इन्टकमा २७ वटा फरक–फरक कार्य प्रकृतिका पेसागत संघस्तरका ट्रेड युनियन आबद्ध छन्।

सो ३३औँ महाधिवेशनको उदघाटन नयाँदिल्लीस्थित तालकटोरा इन्डोर स्टेडियममा प्रमुख अतिथि कंग्रेस आई पार्टीका सभापति सांसद मल्लिकार्जुन खरगेले गर्दै छन्।

Facebook Comments Box