चिनियाँ राजदूत माधव नेपालबीच भेटवार्ता
काठमाडाैं ।
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन साेङबीच शिष्टाचार भेटवार्ता भएकाे छ। बुधबार दिउँसाे कोटेश्वरस्थित नेता नेपालको निवासमा शिष्टाचार भेटवार्ता भएकाे हाे।
भेटमा नेता नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए। भेटमा राजदूतले आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए।
उनीहरूबीच नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएकाे नेता नेपालकाे निजी सचिवालयले जनाएकाे छ।
Facebook Comments Box
