कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

सेयर गर्नुहोस

कृष्णनगर । कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ४ चनई बस्ने २६ वर्षीय दुर्गा जैसवाललाई लागु औषध (ब्राउन सुगर)÷खैरो हिरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम सहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुङ्गेलले उनलाई महाराजगञ्ज नगरपालिका–६ स्थित बहादुरगञ्ज तौलिहवा सडक खण्डको कञ्चनिया पुल नजिकबाट पक्राउ गरेको हो । प्रहरी गस्ती टोलीले विशेष सूचनाको आधारमा लु ३७ प ५०७४ नम्बरको कालो १५० प्लसर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरी निरिक्षक ढुङ्गेलले बताउनुभयो ।

पक्राउ परेका दुर्गा जैसवाललाई शंकास्पद अवस्थामा उनको शरिर खानतलासी गर्दा लागु औषध (ब्राउन सुगर) सहित निजको मोबाइल १ थान, Airtel भारतीय सिम १ थान, नेपाली Ncell कम्पनीको २ थान सिम समेत प्रहरीले फेला पारेको छ । जिल्ला अदालतबाट म्याद थप लिइ थप अनुसन्धान कार्य भइरहेको कृष्णनगर प्रहरीले जनाएको छ ।

Facebook Comments Box