डीआईजी सिंहद्वारा पदबाट राजीनामा
काठमाण्डाै – प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले आज बुधवार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
सिंहले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो । उहाँ अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।
सिंहकाे जन्म मितिको विवादित विषय भर्खरै सार्वजनिक भएको थियो । त्यस विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्यही विषयमा उहाँले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन ।
प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर सिंहले राजीनामा दिएको उल्लेख रहेको बताउनुभयो । प्रहरीले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाउन लागेको छ ।
Facebook Comments Box
