घरमा अनावश्यक तरिकाले सिलिण्डर भण्डारण नगर्न आग्रह
काठमाडौं : गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले घरमा अनावश्यक रुपमा खाना पकाउने ग्यास सिलिन्डर भण्डारण नगर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ।
प्राधिकरणले धेरै सिलिन्डर भण्डारण गर्दा ग्यास चुहावट हुने र अन्य आगलागीबाट सिलिण्डर पड्किने जोखिम बढेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको हो।
पछिल्लो समय सिलिण्डर विस्फोटका घटना बढ्न थालेपछि सर्वसाधारणहरू पनि त्रासमा छन्। ‘घरमा ग्यास सिलिण्डर आवश्यकता भन्दा बढी स्टोर गरेर राख्ने हाम्रो बानी छ,यस्तो गर्नु विपद्को जोखिम निम्त्याउनु हो,आजैबाट यो बानी छाडौँ,’प्राधिकरणले भनेको छ।
सिलिण्डर फिस्फोटका घटना दैनिक जसो घट्दै गएपछि संसदमा समेत यसको विकल्प खोज्न सांसदहरुबारे माग गरेका छन्। तर,सरकारले बजार अनुगमन गर्नमा चासो देखाएको छैन।
Facebook Comments Box
