राष्ट्रपतिमा आफ्नो प्रस्ताव बोकेर महन्थ ठाकुरको दौडधुप, आज देउवालाई भेट्दै

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रपति पदमा अध्यक्ष महन्थ ठाकुरलाई अगाडि सारेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले आन्तरिक तथा बाह्य छलफल बढाएको छ।

सहमतीय राष्ट्रपतिमा ठाकुर उपयुक्त रहेको भन्दै पार्टीबाट निर्णय नै गरिसकेको लोसपाले आज नेपाली कांग्रेससँग छलफल गर्न लागेको छ। बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलको कार्यक्रम रहेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। देउवालाई भेट्न अध्यक्ष ठाकुरसहित पार्टीका शीर्ष नेताहरु धुम्बाराही जाँदैछन्।

यसअघि लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिजो छलफल गरिसकेको छ। प्रधानमन्त्री प्रचण्डले सहमतीय आधारमा राष्ट्रपति चयन गर्ने बताइरहेका बेला लोसपाले अध्यक्ष ठाकुरलाई सहमतिको उपयुक्त पात्रका रुपमा अघि सारेको हो।

यसअघि आफ्नो पार्टीबाटै राष्ट्रपति उम्मेदवार बन्ने बताइरहेको नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले नेता नेपाललाई गएराति कोटेश्वर पुगेर भेटेका थिए।

Facebook Comments Box