राष्ट्रपति चुनावबारे धारणा बनाउन शुरू भयो माओवादी पदाधिकारी बैठक
काठमाडाैं | सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पेरिसडाँडामा शुरू भएको छ ।
राष्ट्रपति निर्वाचनका सम्बन्धमा आधिकारिक धारणा तय गर्ने उद्देश्यले बोलाइएको बैठक साँझ करिब ५ बजेबाट शुरू भएको हो । आइतवार कांग्रेस सभापति शेरबहादुर देउवा तथा कांग्रेसका अन्य नेताहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पार्टी बैठक बसेर आधिकारिक धारणा तय गर्ने जवाफ दिएका थिए ।
राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमाले दुई कित्तामा उभिँदा माओवादीसँग निर्णायक मतभार छ । सोही कारण माओवादी बैठकलाई महत्त्वका साथ हेरिएको छ ।
Facebook Comments Box
