भारतबाट लुकिछिपी भित्र्याइँदै गरेका १५ सय चल्ला नष्ट गरियो

सेयर गर्नुहोस

चन्द्रौटा : कपिलवस्तुमा भारतबाट अवैध तवरबाट नेपाल भित्र्याइँदै गरेका कुखुराका १५ सय चल्ला नष्ट गरिएको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगरले सोमबार अवैध रूपमा नेपाल भित्रिँदै गरेको कुखुराको चल्ला पक्राउ गरि नष्ट गरेको हो। कृष्णनगर-१२ बेदर्मीको बाटो हुँदै नेपाल छिर्दै गरेको सुराकीले दिएको सूचनाका आधारमा सोमबार बिहान साढे ७ बजे कुखुराका चल्ला प्रहरीले नियन्त्रणमा लिएको थियो।

भारतबाट कुखुराका चल्ला ल्याउन प्रतिबन्ध रहेको भए पनि सस्तो मूल्यमा पाइने भएकोले अवैध रूपमा ल्याउने गरिन्छ। ती चल्लाको बजार मूल्य करिब १ लाख ३५ हजार रूपैयाँ रहेको इप्रका कृष्णनगरले जानकारी दिएको छ।

Facebook Comments Box