पल्टा माई मन्दिरको शौचालय प्रयाेगविहिन ,बर्षभरि ताल्चा
बहादुरगंज/कपिलवस्तु।
कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंज पश्चिम अवस्थित पल्टा माई मन्दिरमा दैनिक श्रदालु भक्तजनहरुको भीडभाड हुने गरेको पाइन्छ। यस क्षेत्रको प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको देविस्थान हो। मन्दिर परिसरमा सुन्दरता र सरसफाईको लागि नगरपालिकाले बनाएको शौचालय निर्माण कार्य सम्पन्न भए पनि प्रयोगमा आउन सकेन।
दर्शन गर्न जाने श्रदालु भक्तजनहरुलाई शौचालय खुला नभएर समास्या हुने गरेको छ।आज भोलि बैवाहिक कार्यको कतिपय कार्यक्रमहरु पनि हुने गरेको देखिन्छ। त्यहाँ जाने श्रदालु भक्तजनहरु खुला रुपमा शौच गर्न बाध्य भएका छन्। नगरपालिकाले लगानी लगाएर बनाए पनि प्रयोगमा आउन सकेको छैन। शौचालयमा सदैव ताल्चा लगाएको हुन्छ। त्यसको बारेमा बुझ्दा मन्दिरको पुजारी अनुसार मेलाको बेला मात्र खोल्ने गरिन्छ।त्यस पछि ताल्चा लगाएर बन्द गरिन्छ र साचो समितिकै पदाधिकारीहरुले राख्ने गर्दछ। पुजारी अनुसार यहाँ आउने व्यक्तित्वहरु सधैं म संग सोध्ने गर्दछन् कि किन खोल्नु हुन्न? मलाई उत्तर दिन गाह्रो हुने गरेको छ। शौचालय खुला गरि सफाई व्यवस्थापन गरेको भए सहज हुन्थ्यो होला- दर्शन गर्न जाने श्रदालुहरु भन्ने गर्दछन्। ताल्चा लगाएर बन्द गर्नु नै थियो भने किन बनाईएको छ? जस्ता कैयौं गुनासो मन्दिर परिसरमा जाने श्रदालुहरु पोख्ने गर्दछन्।
