सत्ता जाने डरमा ओली , एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेकाे टिप्पणी

सेयर गर्नुहोस

काठमाडौं ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । आफ्नाे सत्ता जाने डरमा केही दिनदेखि ओलीले सार्वजनिक मन्चमै वक्तव्य दिन थालेका छन । स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको उनको आशंका छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ अभियानको भर्चुअल्ली शुभारम्भ गर्दै ओलीले त्यस्ता दलहरुलाई पराजित गर्नेगरी तयारी गर्न नेता, कार्यकर्तालाई निर्देशन दिए ।

‘विभिन्न राजनीतिक शक्तिहरु एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । उनीहरु स्वच्छ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । तसर्थ, उनीहरु अस्वस्थ प्रतिस्पर्धाका अस्वस्थ तरिकाहरु, अस्वस्थ विधिहरु अपनाउन सक्छन,’ उनले भने ।

पार्टी हितको पक्षमा उभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने अध्यक्ष ओलीको भनाइ छ । आगामी चार वर्षपछि हुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढि स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको उनले स्पष्ट पारे ।

Facebook Comments Box