जनज्योति आधारभूत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

सेयर गर्नुहोस

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नंं ४ मा रहेको जनज्योति आधारभूत विद्यालय शंकरपुरमा निर्माण हुन थालेको नव निर्मित भवनको आज शिलान्यास गरिएको छ। आज वैदिक विधिपूर्वक पूजाआजा गरी विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जनज्योति आधारभूत विद्यालयको दुइ तले ४ कोठे भवन शिलान्यास गर्नु भएको हो ।

भवनको शिलान्यास गर्दै पालिका अध्यक्ष गोपाल बहादुर थापाले भौतिक पुर्बाधार निर्माण कार्यमा गाउँपालिका लागि परेको बताउदै गुणस्तरीयको लागि निगरानी गर्ने बताउनु भयो । उहाँले भौतिक पूर्वाधारमा कुनै पनि कमि कमजोरी नहुने गरी समयमा नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभयो । विजयनगरलाई नमुना गाउँपालिका बनाउने गरी गाउँपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो।

उक्त भवन ५० लाख २८ हजार ९ सय ५२ रुपैयाँमा ४ वटा कोठे भवन निर्माण हुन लागेको हो । जसको ठेक्का एन वि कन्ट्रसन शिवराज ५ चन्दौटाले पाएको उक्त भवन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने इन्जिनियर नबिन डुम्रेले जानकारी दिनु भयो। उक्त भवन तराई मधेस समृद्धि तथा जिल्ला समन्वय एकाइ बाट छनौट भइ विद्यालयको भवन बन्न लागेको वडा नम्वर ४ का अध्यक्ष तिलक कणेलले जानकारी दिनु भयो ।

Facebook Comments Box