मलेसियाका गृहमन्त्री इस्माइल नेपालमा
काठमाडौं : मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्। उनी बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्।
भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्।
भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ। भ्रमण सम्पन्न गरी उनी शनिबार स्वदेश फर्किने छन् ।
Facebook Comments Box
