समाजवादी पार्टी जिल्ला समन्वय समिति गुल्मीको पार्टी समायोजन कार्यक्रम सम्पन्न
गुल्मी, असोज १०
समाजवादी पार्टी जिल्ला समन्वय समिति गुल्मीको पार्टी समायोजन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। गुल्मी जिल्ला समन्वय समितिको कार्यबाहक अध्यक्ष विरबहादुर गुरुङको अध्यक्षता एवं पार्टी बरिष्ठ नेता अशोक राईको प्रमुख अातिथ्यमा सम्पन्न । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश ५ का सह ईन्चार्ज कमल खनाल,नवीन सुनुवार ,केन्द्रीय सदस्य एवं प्रदेश ५ का अध्यक्ष अशोककुमार यादव,केन्द्रीय सदस्य महेन्द्र थापा,तेजेन्द्र थापा,कमला वि.क.केन्द्रीय परिषद सदस्य अकरम पठान,गुल्मी जिल्ला निवर्तमान अध्यक्ष दुर्गा सतुङ्गे,कपिलवस्तु जिल्ला सदस्य रहिश शाह लगायतका बक्ताहरुले पार्टीको नीति तथा सिद्धान्त माथि प्रकाश पार्नु भएको थियो ।
Facebook Comments Box

