माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
काठमाडौं : नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ। आज विहानका लागि बोलाइएको बैठक भोलिका लागि सरेको महासचिव देव गुरुङले जानकारी दिए।
स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ।
माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।
यस्तै जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ। यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो। महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो।
Facebook Comments Box
