चलिरहेको ट्रेनमा चक्कु आक्रमण, दुई जनाको मृत्यु, ५ घाइते
एजेन्सी : उत्तरी जर्मनीमा चलिरहेको ट्रेनभित्र एक व्यक्तिले यात्रुमाथि छुरा प्रहार गर्दा दुई जनाको हत्या गरेका छन् भने पाँच जना घाइते बनाएका छन्।
प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ। ३३ वर्षीय प्यालेस्टाइन ती ति व्यक्तिले चक्कु बोकेर ब्रोक्सस्टेड स्टेसनमा आइपुग्नुभन्दा केही समय अघि किलबाट ह्याम्बर्ग जाने क्षेत्रीय रेलमा धेरै यात्रुहरूलाई आक्रमण गरेको जर्मनीको संघीय पुलिस बलले जनाएको छ।
समाचार एजेन्सी रोयटर्सले श्लेस्विग–होल्स्टीन राज्यका आन्तरिक मन्त्री सबिन सटरलिन–वाचलाई उद्धृत गर्दै आक्रमणमा दुई जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको बताएको छ। घाइते मध्य अन्यको अवस्था सामान्य रहेको त्यहाँको प्रहरीले जनाएको छ।
Facebook Comments Box
