वसन्त पञ्चमीमा राष्ट्रपतिको शुभकामना

सेयर गर्नुहोस

काठमाडौं : वसन्तपञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन्।

शुभकामना सन्देश जारी गरी उनले वसन्त पञ्चमीले हाम्रो सभ्यतामा विद्या र कलाको महत्त्व उजागर गर्ने बताएकी छिन्।

जीवनलाई ऊर्जाशील बनाउने र नवीन सिर्जनाका लागि प्रेरणा दिन यो दिनको महत्त्व रहेको पनि भण्डारीले सन्देशमा उल्लेख गरेकी छिन्

नेपाली जनजीवन र प्रकृतिको निकटतालाई पनि यो पर्वले उजागर गर्ने उनको भनाइ छ।

Facebook Comments Box